Birat Post बिहिबार, आश्विन ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ असोज ।
प्रदेश १ मा आज ११४ जना कोरोना संक्रमित थपिएका छन् ।  प्रयोगशालाहरुमा  ७९४ जनाको नमुना परीक्षण गर्दा  ४७ महिला र  ६७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ८६ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ३६ पुरुष, ३५ महिला, बुढीगंगाका ४ पुरुष, २ महिला, सुन्दरहरैँचाका २ पुरुष, २ महिला, कटहरीका २ पुरुष,पथरीशनिश्चरेकी १ महिला, धनपालथान र सुनवर्षीका १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी धरानका ९ पुरुष, ४ महिला, दुहवीका ६ पुरुष, १ महिला र इटहरीकी १ महिला गरी २१ जना, झापा विर्तामोडका २ पुरुष, भद्रपुर, कनकाई र झापा गापाका १–१ पुरुष गरी ५ जना, उदयपुरका १ पुरुष र अन्य सिराहाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३८६ रहेको छ ।प्रदेश १ मा हालसम्म १७ महिला र ४२ पुरुष गरी ५९ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल