विराटनगर असोज ।
प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा ८०८ जनाको नमुना परीक्षण गर्दा ४६ महिला र ४५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्य ४२ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका १३ पुरुष, ११ महिला, जहदाका ३ पुरुष, ३ महिला, पथरीशनिश्चरेका ३ पुरुष, ३ महिला, सुन्दरहरैँचाका २ पुरुष, १ महिला, ग्रामथान, कटहरी र मिक्लाजुङका १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी इटहरीका ७ पुरुष, २४ महिला, दुहवीका २ पुरुष, २ र ठेगाना नखुलेका २ पुरुष गरी ३७ जना, झापाका ४ पुरुष, पाँचथरका २ पुरुष, तेह्रथुमका १ पुरुष, अन्य लहानका १ पुरुष १ महिला, महोत्तरीकी १ महिला र सप्तरीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार २७४ रहेको छ ।
प्रदेश १ मा हालसम्म १७ महिला र ४० पुरुष गरी ५७ जनाको मृत्यु भइसकेको छ ।