Birat Post मंगलबार, आश्विन ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ असोज ।
प्रदेश १ मा आज १६६ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १३ सय ३६ जनाको नमुना परीक्षण गर्दा ७३ महिला र ९३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्य ५६ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका १० पुरुष, ११ महिला, बुढीगंगाका १५ पुरुष, ८ महिला, बेलबारीका ३ पुरुष, ५ महिला, रंगेलीका २ पुरुष, जहदाका १ पुरुष र पथरीशनिश्चरेकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी धरानका १५ पुरुष, १९ महिला, इटहरीका १२ पुरुष, ८ महिला, दुहवीका १२ पुरुष, ८ महिला र रामधुनीका २ पुरुष गरी ७६ जना, झापा दमकका ९ पुरुष, ७ महिला, मेचिनगरका १ पुरुष, २ महिला, भद्रपुरका २ पुरुष, अर्जुनधाराका १ पुरुष, ठेगाना नखुलेको र कमल गापाकी १ महिला गरी २४ जना, संखुवासभाका २ पुरुष, १ महिला, तेह्रथुमका १ पुरुष, अन्य सप्तरीका १ पुरुष, १ महिला, सिराहाका २ पुरुष, १ महिला र भारतका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ५ हजार ८५९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ५९१ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार २१२ रहेको छ ।

प्रदेश १ मा हालसम्म १७ महिला र ३९ पुरुष गरी ५६ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल