काठमाडौं ३ असोज ।
नेपालमा आज थप ११ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
मोरङकी ६५ वर्षीया, सर्लाहीकी ५६ वर्षीया, रौतहटकी ५१ वर्षीया, ललितपुरकी ७६ र ६८ वर्षीया,काठमाडौँकी ७७ वर्षीया र मकवानपुरकी ३७ वर्षीया गरी ७ महिला तथा ललितपुरका ६० वर्षीय, काठमाठौँका ७५वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय गरी ४ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।