विराटनगर २ असोज ।
शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदि व्यवसायी महासंघले आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैँयामा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदि प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।