विराटनगर १ असोज ।
विराटनगरबाट प्रकाशित हुदैँ आएको धार्मिक पत्रिका शुभारम्भ बन्द हुने अवस्थामा पुगेको छ । निःशुल्क बितरण गरिदै आएको पत्रिका बन्द हुने अवस्थामा पुगेको प्रकाशकले गुनासो गरेका छन् । कोरोना महामारीका कारणले भएको लकडाउन तथा निषेधाज्ञाले गर्दा ‘शुभारम्भ’ पत्रिकाको प्रकाशनमा समस्या उत्पन्न भएको हो ।
पत्रिकाको नियमित र स्थायी कोष छैन र विज्ञापनकै भरमा प्रकाशन भइरहेको थियो । हालको जटिल परिवेशले गर्दा अधिकांश विज्ञापनदाताबाट समेत भुक्तानी नभएकाले पत्रिका बन्द हुने अवस्थामा पुगेको हो । कार्यालयको भाडा तिर्न सक्ने अवस्था नहुँदा कोठा छाडेर बुद्धचौकस्थित श्री राधाकृष्ण प्रणामी मन्दिरमा शरण लिएर सामान थन्क्याउनु परेको छ ।
पत्रिकाका सम्पादक तथा प्रकाशक दिनेश सिम्पाने पोखरेलले विराटनगरबाट नियमित प्रकाशन भइरहेको धार्मिक पत्रिकालाई जीवन्त राखिदिन अपिल गरेका छन् ।