विराटनगर १ असोज ।
नेपाल सुनचाँदि व्यवसायी महासंघले आज सुन प्रतितोला नौ सय रुपैयाँले घटेकोे जनाएको छ । दुई दिन स्थिर रहेको सुनको मुल्य आज घटेको हो ।
महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैँयामा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चादिँ प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।