Birat Post मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post
इलाम ३० भदौ ।
इलाम थातथलो भइ बिश्वका विभिन्न स्थानमा रहेका इलामेलीहरुको भेला गरिने भएको छ । आउदो असोज ३ गते शनिबारको दिन गरिने भएको बताएको छ । जिल्ला समन्वय समिति इलामको संयोजनमा विश्व इलामेली भेलाको आयोजना हुने भएको हो । यसका लागि तयारी थालिएको छ । सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश न. १ र इलामसँग सम्बद्ध विश्वभरका संघसंस्थाहरुको संलग्नता रहेको जानकारी भेलाका संयोजक एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जानकारी दिए ।
भेलाको लागि मुख्य तीन उदेश्यहरु लिइएको छ । विश्वभर छरिएर रहेका इलामेलीहरुलाई एकिकृत गर्दै एकआपसमा भाइचारा कायम गर्ने, ज्ञान, सीप र क्षमतामा अभिबृद्धि गरी स्रोतको परिचालन गर्दै समुन्नत र समृद्ध इलामको निर्माण गर्ने र आसन्न कोभिड–१९ का कारण इलाम र इलाम बाहिर रहेका इलामेलीहरुमा कठिनाई भएमा आपसी सरसहयोग आदानप्रदान गर्ने मुख्य उदेश्य रहेको इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले बताए ।भेला कै क्रममा विश्वभरका इलामेली संघ, संस्थाहरु तथा इलामेलीहरुको तथ्यांक संकलन गरी व्यवस्थित गरिने पनि जनाइएको छ ।
यस भेलामा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व सभामुखहरु के. वी. गुरुङ र सुवासचन्द्र नेम्वाङलगायत मन्त्री, सासदहरु, राजनीति दलका प्रतिनिधिहरु, इलामका सबै स्थानीय तहहरु, विश्वभर रहेका इलामेली समाज र विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति हुने इलामेली समाज प्रदेश न. १ का अध्यक्ष कृष्ण शाहले बताए । भेलाको लागि गठन गरिएको समितिमा संयोजक गणेश बराल (प्रमुख, इलाम समन्वय समिति, इलाम) र सदस्यहरुमा राधेश्याम लेकाली (अध्यक्ष, इलाम विकास समाज, काठमाडौं), कृष्ण शाह (अध्यक्ष, इलामेली समाज प्रदेश न. १ इटहरी) रहेका छन् ।
यसैगरी मोहनकुमार सुवेदी (उपाध्यक्ष, इलामेली समाज प्रदेश न. १), प्रदीप घिमिरे (महासचिव, इलाम विकास समाज, काठमाडौं), अर्जुन श्रेष्ठ (सचिव, इलामेली समनज प्रदेश नं.१), ईश्वर श्रेष्ठ (कोषाध्यक्ष, इलाम विकास समाज, काठमाडौं), यशाेदा कायस्थ (अध्यक्ष, इलामेली समाज सुनसरी )सरस्वती कर्माचार्य (सदस्य, इलाम विकास समाज, काठमाडौं),, तिलत्तोमा खत्री (अध्यक्ष, इलाम झापा मैत्री समाज विर्तामोड नगर) र सदस्य सचिवमा अर्जुन भट्टराई (सचिव, इलाम विकास समाज, काठमाडौं) रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल