Birat Post बिहिबार, भाद्र २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २५ भदौ ।
प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार ५ सय ११ जनाको नमुना परीक्षण गर्दा २३ महिला र ६३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १६ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ४ पुरुष, २ महिला, रतुवामाइका २ पुरुष, ३ महिला, पथरीशनिश्चरेका १ पुरुष, १ महिला, रंगेलीकी १ महिला , सुनवर्षी र कटहरीका १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी इटहरीका ६ पुरुष, ८ महिला, दुहवीका ३ पुरुष, १ महिला, बराहक्षेत्रका ३ पुरुष, बर्जु र धरानका १–१ पुरुष गरी २३ जना, झापा शिवसताक्षीका ५ पुरुष, २ महिला, कमल र बाह्रदशी गापाका १–१ पुरुष , दमकी १ महिला र ठेगाना नखुलेका २ पुरुष गरी १२ जना, भोजपुरका ३ पुरुष, संखुवासभाका २१ पुरुष, १ महिला, पाँचथरका २ पुरुष, १ महिला, उदयपुरका २ पुरुष र अन्य राजविराजका १ पुरुष र लाहानकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ९८ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ५३ पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ५०७ रहेको छ ।

प्रदेश १ मा हालसम्म ११ महिला र ३२ पुरुष गरी ४३ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल