Birat Post आइतबार, भाद्र २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २१ भदौ ।
प्रदेश १ मा आज १४३ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार २ सय ६७ जनाको नमुना परीक्षण गर्दा ३१ महिला र ११२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये २९ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका १६ पुरुष, ९ महिला,सुनवर्षीका २ महिला, जहदा र बुढिगङ्गाका १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरी धरानका ७० पुरुष, १ महिला, इटहरीका २ पुरुष ५ महिला गरी ७८ जना, झापा विर्तामोडका २ पुरुष, ८ महिला,मेचिनगरका ४ पुरुष, २ महिला, कमल गाउँपालिकाका ७ पुरुष, ३ महिला, अर्जुनधारा नपा. र ठेगाना नखुलेका १–१ महिला गरी २८ जना, संखुवासभाका ६ पुरुष, उदयपुरकी १ महिला र अन्य राजविराजका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश एकमा आज ७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ४३ पुगेको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ३८ रहेको छ ।

प्रदेश १ मा हालसम्म ११ महिला र ३० पुरुष गरी ४१ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल