विराटनगर २० भदौ ।
प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार ७ सय ६१ जनाको नमुना परीक्षण गर्दा २३ महिला र ३१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ३४जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका १४ पुरुष, १४ महिला, जहदाकी १ महिला, पथरीशनिश्चरेका २ पुरुष, लेटाङ, रगेंली र कटहरीका १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरी धरानका १ पुरुष ४ महिला, इटहरीका ६ पुरुष २ महिला गरी १३ जना, झापा दमकका २ पुरुष , १ महिला, विर्तामोड र ठेगाना नखुलेका १–१ पुरुष गरी ५ जना, इलामका १ पुरुष र सिराहाकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ७९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेश एकमा आज १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ३५ पुगेको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या २ हजार ५ रहेको छ ।
प्रदेश १ मा हालसम्म १० महिला र २९ पुरुष गरी ३९ जनाको मृत्यु भइसकेको छ ।