Birat Post शुक्रबार, भाद्र १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १९ भदौ ।
प्रदेश १ मा आज १४५ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा २ हजार १ सय ६२ जनाको नमुना परीक्षण गर्दा ५३ महिला र ९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ७० जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ३५ पुरुष, २५ महिला, बुढीगंगाका ४ पुरुष, २ महिला, लेटाङका २ महिला, सुनबर्शी र ग्रामथानका १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीको दुहवीमा ६ पुरुष, ७ महिला, इटहरीका ९ पुरुष, १ महिला, धरानका २ पुरुष, १ महिला, इनरुवाका २ पुरुष, गढीमा १ पुरुष, १ महिला, बर्जुमा १ पुरुष, १ महिला, बराहक्षेत्रका १ पुरुष र कोशी गाउँपालिकाकी १ महिला गरी ३४ जना, झापा कनकाईका ८ पुरुष , ३ महिला, दमकका २ पुरुष , ३ महिला, मेचीनगरका ४ पुरुष, भद्रपुरका ३ महिला, झापा गाउँपालिकाका ३ पुरुष,कचनकवल र गौरीगञ्जका १–१ पुरुष गरी २८ जना, ओखलढुङ्गाका २ पुरुष , २ महिला, भोजपुरका १ पुरुष, उदयपुरका १ पुरुष, सोलुखुम्वु र खोटाङका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय २५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश एकमा आज ७२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय १९ पुगेको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ७१ रहेको छ ।

प्रदेश १ मा हालसम्म ८ महिला र २७ पुरुष गरी ३५ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल