विराटनगर १६ भदौ ।
प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेमा कोरोना भाइरसको संक्रमण देखिएको छ। विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा मन्त्री घिमिरेको रिपोर्ट पोजेटिभ आएको हो। सोमवार साझ पोजेटिभ रिपोर्ट आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।
शनिबार धनकुटास्थित कोभिड १९ अस्पतालको निरीक्षण गरेर फर्किएसँगै उनमा लक्षण देखिएको थियो। आशंका लागे संगै जाच गर्दा पोजेटिभ देखिएको हो । मन्त्री घिमिरेलाई झाडा पखाला लाग्नका साथै ज्वरो आएको छ । परिवार र सचिवालयका कर्मचारीहरुमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको मन्त्री घिमिरेका स्वकिय सचिव राम पोखरेलले जानकारी दिए ।