Birat Post सोमबार, भाद्र १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १५ भदौ ।
प्रदेश १ मा आज ५४ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार ३ सय ९२ जनाको नमुना परीक्षण गर्दा १७ महिला र ३९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १७ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका ६ पुरुष, ५ महिला, लेटाङका ४ पुरुष, १ महिला र बुढीगङ्गाकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीको धरानका १४ पुरुष, ६ महिला, कोशी गाउँपालिकाका ३ पुरुष,इटहरीकी १ महिला, देवानगञ्ज र इनरुवाका १ १ पुरुष गरी २६ जना, संखुवासभाका ८ पुरुष, १ महिला गरी ९ जना र झापाका २ पुरुष, २ महिला गरी ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ६७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश एकमा आज ५४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ८९ पुगेको छ ।

प्रदेश १ मा हालसम्म ८ महिला र २४ पुरुष गरी ३२ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल