विराटनगर १४ भदौ ।
प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालाहरुमा १ हजार १ सय ७६ जनाको नमुना परीक्षण गर्दा ३२ महिला र ६३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ४५ जना मोरङका संक्रमित रहेका छन् । मोरङको विराटनगरका २१ पुरुष,२१ महिला, पथरीशनिश्चरे,लेटाङका १/१ पुरुष र सुन्दरहरैचाकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीको इटहरीमा ४ पुरुष, ४ महिला, इनरुवाका ५ पुरुष, १ महिला, धरानका ५ पुरुष, १ महिला, दुहवीका १४ पुरुष, बर्जुका २ पुरुष र गढीका १ पुरुषमा गरी ३७ जना, झापा कन्काईका ६ पुरुष, २ महिला र झापा गाउपालिकाका १ पुरुष गरी ९ जना, संखुवासभाका १ पुरुष, १ महिला गरी २ जना र अन्य जनकपुरका १ पुरुष र सिराहाकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
यससँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ११ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेश एकमा आज ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ३४ पुगेको छ ।
प्रदेश १ मा हालसम्म ८ महिला र २४ पुरुष गरी ३२ जनाको मृत्यु भइसकेको छ ।