काठमाडौँ ११ भदौ ।
नेपालमा थप ८ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।
नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिएको छ । देशभर ३ पुरुष र ५ महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
यससँगै कोरोनाबाट मृत्यु हुनेहरुको कुल संख्या १८३ पुगेको छ ।