Birat Post बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १० भदौ ।
प्रदेश १ मा आज १ सय ८ कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये ४८ जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका ३० पुरुष, १३ महिला,बुढीगंगाका १ पुरुष, ३ महिला र सुन्दरहरैचाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीको इटहरीमा ९ पुरुष, ५ महिला, इनरुवाका ३ पुरुष, १ महिला, बर्जुका २ पुरुष, १ महिला, दुहवीका २ पुरुष र धरानकी १ महिला गरी २४ जना, झापाको दमकका ९ पुरुष, ६ महिला र गौरीगञ्जकी १ महिलामा गरी १६ जना, तेह्रथुमको म्याङलुङमा ४ पुरुष, ४ महिला गरी ८ जना, पाँचथरमा ४ पुरुष, उदयपुरमा ठेगाना नखुलेका १ पुरुष, खोटाङमा ठेगाना नखुलेका १ महिला र अन्य सप्तरीका २ पुरुष, सिराहाका ३ पुरुष १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै आजका ३२ महिला र ७२ पुरुष गरी प्रदेश एकमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ४० पुगेको छ ।

यस्तै प्रदेश एकमा आज ८१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।

प्रदेश १ मा मृत्यु भएकाहरुको संख्या २४ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल