विराटनगर ९ भदौ ।
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले उपचारका लागि आएका बिरामीलाई नफर्काउन वीपी प्रतिष्ठानलाई निर्देशन दिएका छन् ।मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य बिरामीहरुलाई छुट्टाछुट्टै व्यवस्था गरी उपचार गर्न निर्देशन दिएका हुन् ।
यस संगै प्रतिष्ठानका स्वास्थ्यकर्मीहरु आवस्यक स्वास्थ्य सुरक्षाका सामाग्री विना काममा खटिइ रहेको विषयमा समेत जनस्तरवाट विरोध हुन थालेको भन्दै मुख्यमन्त्री राईले प्रतिष्ठानका पदाधिकारीहरुलाई ध्यानाकर्षण गराएका छन् ।
मुख्यमन्त्री राईले मंगलवार विराटनगरमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीसँग छलफल गरी तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन् ।