विराटनगर ८ भदौ ।
प्रदेश १ मा आज ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये २९ जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका १३ पुरुष र १० महिला, सुन्दरहरैचाका २ पुरुष र १ महिला, बेलबारीका १ पुरुष र १ महिला, र जहदाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै झापाको बाह्रदशीका ४ पुरुष र १ महिला गरी ५ जना, सुनसरी धरानका १ पुरुष र २ महिला, इटहरीका १ पुरुष र १ महिला,बर्जुका १ पुरुष र ४ महिला, गढीका ३ पुरुष र ३ महिला, र दुहवीका ३ पुरुषमा गरी १९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यस्तै धनकुटाका २ पुरुष,संखुवासभाका १ पुरुष, र प्रदेश १ बाहिरका ७ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको छ ।
यससंगै प्रदेश एकमा कोरोना संक्रमितको कुल संख्या २ हजार ७ सय २३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज १२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै डिस्चार्ज हुनेको कुल संख्या १ हजार २ सय ८० पुगेको छ ।