विराटनगर ६ भदौ ।
प्रदेश १ मा आज ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ४९ जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका १३ पुरुष र २० महिला, सुन्दरहरैचाका १ पुरुष र १ महिला, सुनबर्षीका ८ पुरुष र २ महिला ,कटहरीका २ पुरुष, धनपालथानका १ पुरुष र ठेगाना नखुलेको १ महिलामा संक्रमण देखिएको छ ।
यसैगरी सुनसरी इटहरीका ३ पुरुष र ५ महिला, दुहवीका १२ पुरुष, धरानमा ३ पुरुष र १ महिला, गढीमा ३ पुरुष र १ महिला ,भोक्राहाका १ पुरुष र ठेगाना नखुलेको १ महिलामा गरी ३० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै झापा दमकका १३ पुरुष र ३ महिला , भोजपुरका ३ पुरुष, इलामका १ पुरुष, र अन्य २ महिला १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यससंगै प्रदेश एकमा कोरोना संक्रमितको कुल संख्या २ हजार ५ सय ८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज १८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै डिस्चार्ज हुनेको कुल संख्या १ हजार २ सय ४२ पुगेको छ ।