Birat Post शुक्रबार, भाद्र ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ५ भदौ ।
प्रदेश १ मा आज ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ४४ जना मोरङका संक्रमित रहेका छन् । विराटनगरका १६ पुरुष र १३ महिला, सुन्दरहरैचाका ३ पुरुष र ३ महिला, कटहरीका १ पुरुष र ५ महिला,धनपालथानका २ र सुनबर्षीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुनसरी इटहरीका ४ पुरुष र १ महिला, दुहवीका १२ पुरुष र २ महिला,बर्जुका २ पुरुष र २ महिला, धरान,देवानगन्ज र कोशी गा.पा.का १/१ पुरुष, इनरुवा, बराहक्षेत्र र गढीका १/१ महिलामा गरी २९ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै झापा मेचीनगरका १ पुरुष र ३ महिला, बिर्तामोडका १ पुरुष र १ महिला,दमकका १ पुरुषमा गरी ७ जनामा संक्रमण देखिएको छ ।

यस्तै इलामका २ पुरुष र २ महिला, पाँचथर र उदयपुरका १/१ पुरुष, र अन्य ३ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यससंगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ८६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज ६६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै डिस्चार्ज हुनेको कुल संख्या १ हजार २ सय २४ पुगेको छ ।

प्रदेश १ मा हालसम्म १७ संक्रमितको मृत्यु भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल