काठमान्डौ ४ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत लागिरहेका बेला निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । यो संगै नेकपा भित्र थप तरङ्ग उत्पन्न भएको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको केही बर्ष बित्नै लाग्दा नयाँ रणनीतिका साथ दल दर्ता भएको छ । नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।पार्टीमा धेरैजसो पदाधिकारी तथा सदस्यहरु पूर्वी तराइका छन् ।