विराटनगर ३ भदौ ।
प्रदेश १ मा आज १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ६७ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ३२ पुरुष र २० महिला, बुढीगंगाका १ पुरुष र १ महिला, रंगेलीका ४ पुरुष र ५ महिला, कटहरीका १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङका १/१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरी बर्जुका ४ पुरुष र १ महिला, दुहवीका ८ पुरुष र ३ महिला, हरिनगराका १२ पुरुष र १ महिला, इटहरीका ४ पुरुष, धरानका २ पुरुष र रामधुनीका २ पुरुषमा गरी ३७ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै झापा दमकका ८ पुरुष, भद्रपुरका ३ पुरुष, बिर्तामोड, कचनकवल र कमलका १/१ पुरुष र ठेगाना नखुलेका २ पुरुषमा गरी १६ जनामा संक्रमण देखिएको छ ।
यस्तै पाँचथरका १ पुरुष र अन्य भारतका १ महिला र १ पुरुषमा समेत संक्रमण देखिएको छ ।
यससंगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।