विराटनगर २ भदौ ।
प्रदेश १ मा आज १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये १०५ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ६५ पुरुष र ३१ महिला, बुढीगंगाका ३ पुरुष र २ महिला, र सुन्दरहरैचाका १ पुरुष र १ महिला , ग्रामथान र पथरीशनिश्चरेका १/१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरी धरानका १ पुरुष र २ महिला, इटहरीका २ पुरुष र १ महिलामा गरी ६ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै झापा दमकका ७ पुरुष, भद्रपुरका ५ पुरुष १ महिला, कन्काईका १ महिला , झापा गाउँपालिकाका २ पुरुष र ठेगाना नखुलेका ४ पुरुषमा गरी २० जनामा संक्रमण देखिएको छ ।
यस्तै संखुवासभाका ३ पुरुष, उदयपुरका २ पुरुष, पाँचथरका १ महिला र अन्य धनुषा र महोत्तरीका १/१ महिलामा संक्रमण देखिएको छ ।
यससंगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।