विराटनगर २ भदौ ।
नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लगातार वृद्धि भएर १ लाख नाघेको सुनको मूल्यमा गिरावट आएको थियो । केहीदिन यता सामान्य उतारचढाव भइरहे पनि
एकलाख भन्दा तल नै रहेको सुनको मूल्य
आज भने २ हजार २०० रुपैयाँले बढेर पुनः १ लाख नाघेको छ ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको भाउ पनि आज ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।