विराटनगर १ भदौ ।
प्रदेश १ मा आज ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ४४ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका १६ पुरुष र १३ महिला, बेलबारीका ३ पुरुष र ७ महिला, बुढीगंगाका ३ पुरुष र १ महिला, र सुन्दरहरैचाका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरी धरानका ६ पुरुष र १२ महिला, इनरुवाका ४ पुरुष, देवानगन्जका ३ पुरुष, गढीका ४ पुरुष, कोशी र रामधुनीका १/१ पुरुषमा गरी ३१ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै झापा दमकका ४ पुरुष, शिवसताक्षीका २ पुरुष, कन्काईका १ पुरुष र अन्य जनकपुरका १ पुरुषमा संक्रमण देखिएको छ ।
यससंगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या २ हजार ९२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।