विराटनगर ३२ साउन ।
प्रदेश १ मा आज १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ९२ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ५४ पुरुष र ३२ महिला, बुढीगंगा का ३,धनपाल थान का २ र कटहरी का १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरीका १ पुरुष र १ महिला, इलामका १ पुरुष, खोटाङका ६ पुरुष, र अन्य बाराका १ पुरुष र सिरहाका १ महिलामा संक्रमण पुष्टि भएको छ ।
यससंगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या २ हजार ९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।