विराटनगर ३० साउन ।
प्रदेश १ मा आज ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ६२ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका २० पुरुष र १३ महिला, रंगेलीका १९ पुरुष र ९ महिला, र सुन्दर हरैचा का १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी झापा दमकका ४ पुरुष र २ महिला, भद्रपुरका २ पुरुष र शिवसताक्षीका १ पुरुषमा गरी ९ जनामा संक्रमण देखिएको छ ।
यसैगरी सुनसरी धरानका १ पुरुष र १ महिला, दुहवी का ११ पुरुष र २ महिला, ईटहरीका २ पुरुष, घुस्कीका ३ पुरुष, रामधुनीका १ महिला र देवानगन्जका १ पुरुष गरी २२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै अन्य धनुषा र विष्णुपुरका १/१ पुरुषमा संक्रमण देखिएको छ।
यससंगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय २१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।