विराटनगर ३० साउन ।
सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य ८०० रुपैयाँ बढेको जनाएको छ ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको भाउ पनि आज ६० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।