विराटनगर २८ साउन ।
प्रदेश १ मा आज ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये २४ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका १२ पुरुष, रंगेलीका ६ पुरुष र ३ महिला, गुलुमका २ पुरुष र बबिया का १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरी धरानका ५ पुरुष र ४ महिला, दुहबीका ३ पुरुष र कोशी गा.पा.का २ पुरुषमा गरी १४ जनामा संक्रमण देखिएको छ ।
यसैगरी झापा मेचीनगरका ३ पुरुष र ३ महिला,भद्रपुरका ३ पुरुषमा गरी ९ जनामा संक्रमण देखिएको हो । यस्तै अन्य रौतहटका १ पुरुषमा संक्रमण देखिएको छ ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ११ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज सुनसरीका ४ जना संक्रमित निको भएर डिस्चार्ज भए संगै डिस्चार्ज हुनेको कुल संख्या १ हजार १८ पुगेको छ।