विराटनगर २७ साउन ।
प्रदेश १ मा आज ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ६१ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका २९ पुरुष र २१ महिला,बुढीगंगाका १० पुरुष र बेलबारीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरी धरानका २ पुरुष र २ महिला, दुहबीका ५ पुरुष र २ महिला,हरिनगरका १ पुरुष, देवानगन्जका ३, इनरुवाका १ पुरुष र ठेगाना नखुलेको एक महिला,एक पुरुष सहित १८ जनामा संक्रमण देखिएको छ ।
यसैगरी झापा मेचीनगर का १ पुरुष र १ महिलामा संक्रमण देखिएको हो । यस्तै इलामका १ पुरुष र ताप्लेजुंगका १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बेलका उदयपुरका ३ पुरुष ४ महिला, त्रियुगा ५ पुरुष र ३ महिला गरी १५ जनामा संक्रमण देखिएको छ ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ६३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।