विराटनगर २५ साउन ।
प्रदेश १ मा आज ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये २९ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका १९ पुरुष र १० महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुनसरी धरानका २ पुरुष र १ महिला, इटहरीका १ पुरुष, १ महिला र बर्जुका १ पुरुषमा गरी ६ जनामा संक्रमण देखिएको छ ।
यसैगरी झापा अर्जुनधाराका २ पुरुष, बार्हदशीका १ पुरुष, १ महिला, दमकका १ पुरुषमा गरी ५ जनामा संक्रमण पुष्टि भएको छ ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४ सय २३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै प्रदेश एकबाट आज ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमध्ये मोरङका ३, सुनसरीका १ र उदयपुरका १ जना रहेका छन् ।
यससँगै प्रदेश एकमा डिस्चार्ज हुनेहरूको संख्या ९१५ पुगेको छ ।