विराटनगर २५ साउन ।
नोबेल शिक्षण अस्पतालमा कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट् ट्रेसिङ गरी परिक्षण गरिएको छैन । अस्पतालका आइसियू ,इमरर्जेन्सी वार्डमा ती डाक्टरहरुले परिक्षण गरेका थिए । (जे आर) अर्थात सवै वार्डमा हेर्ने डाक्टरहरुले अलराउण्ड हेर्छन् । बिरामी जाचका क्रममा सम्पर्क भएका बिरामी ,नर्स र डाक्टरहरुको पहिचान गर्ने काममा अस्पताल प्रशासन चुकेको छ ।
दुइजनालाई कोरोना पोजेटिभ भएको भनिएपनि थप एकजना डाक्टर समेत आइसोलेसनमा बसेका छन् । स्रोतका अनुसार केही नर्सहरुलाई समेत रुघा,खोकीको लक्षण देखिएको छ । डाक्टरको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम हाल सम्म भएको छैन । त्यस्तै डाक्टरको प्रत्यक्ष सम्पर्कमा आएका डाक्टर र नर्सको समेत पहिचान र परिक्षण गर्ने काम अस्पतालले गरेको छैन। कोरोना संक्रमण पुष्टि नभएका तर लक्षण देखिएका एक डाक्टरले हालै मात्र विभिन्न वार्डमा बिरामी हेरेको सम्बन्ध स्रोतले बताएको छ । उनी हाल अस्पतालको आइसोलेसनमा बसेका छन् ।
अस्पतालको ब्यवहारबाट त्यहाँ कार्यरत नर्स,डाक्टर तथा कर्मचारीहरु आतंकित भएका छन् । सामाजिक सन्जालमा अस्पतालको बारेमा केही कुरा बाहिर आए संगै यसको प्रतिबादमा अस्पताल प्रशासन लागेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले कोरोना संक्रमण र यसका विषयमा अस्पताल सचेत भएको सुचना जारी गरेका छन् । उनले जारी गरेको सतही सूचनामा अस्पतालले संक्रमित डाक्टरको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको छ भन्ने उल्लेख छैन । यस विषयमा सम्बन्धित निकाय समेत चुकेको देखिन्छ ।