काठमान्डौ २३ साउन /
एकता प्रक्रिया बाट आएका र क्रियाशिल सदस्य लिन चाहनेहरुलाइ कसरी सदस्यता बितरण गर्ने भन्ने विषयमा कांग्रेसमा अन्यौलता देखिएको छ । केन्द्रले दिने कि वडा तहबाट सिफारिस गर्ने भन्ने बहस चल्न थालेको छ । संस्थापन पक्ष केन्द्रबाट दिने अडानमा छ भने रामचन्द्र पौडेल पक्षधर भने वडा तहबाट सिफारिस भएर आएकोलाई दिनुपर्दछ भन्नेमा छ ।
क्रियाशील सदस्यता साविकको संख्यामा १ सय प्रतिशत बढाउने सहमति भएको छ । यसअघि ५० प्रतिशत मात्र थप्न सकिने भन्ने कुरालाई प्रचार गरिएको थियो । गत १३ औं महाधिवेशनमा कांग्रेसको ४ लाख ९८ हजार ४सय ७६ क्रियाशील सदस्य थिए । सत प्रतिशत सदयता वितरण भए त्यो संख्या ९ लाख भन्दा बढी हुने अनुमान गरिएको कांग्रेस नेताहरुले जानकारी दिए ।