विराटनगर २२ साउन ।
प्रदेश १ मा आज ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये २४ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ११ पुरुष र १० महिला, बेलबारीका २ पुरुष र रंगेलीका १ पुरुषमा संक्रमण देखिएको हो ।
यसैगरी सुनसरी धरानका ११ पुरुष र ३ महिला,इटहरीका ४ पुरुष र १ महिलामा गरी १९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै झापा मेचीनगरका ७ पुरुष र १ महिला गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै इलामका १५ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २ सय ५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै आज प्रदेश १ बाट १८ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । जसमध्ये झापाका ९, मोरङका ६, धनकुटा, सुनसरी र पाँचथरका १/१ जना रहेका छन् ।
यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९०५ पुगेको छ ।