विराटनगर २२ साउन ।
निरन्तर आकाशिएको सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख २ हजार ५०० कायम भएको छ ।
छापावाला सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।