विराटनगर २१ साउन ।
निरन्तर आकाशिएको सुनको मूल्य आज पनि बढेर एक लाख नाघेको छ । सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेर एक लाख एक हजार ४०० कायम भएको छ ।
छापावाला सुन प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।