विराटनगर १८ साउन ।
प्रदेश १ मा आज २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये १६ जना मोरङका संक्रमित रहेका छन् । मोरङ विराटनगरका ८ पुरुष र ४ महिला, कटहरीका २ पुरुष, बुढिगंगा र ग्रामथानका १/१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यसैगरी सुनसरीका ११ जनामा कोरोना संक्रमण देखिएको छ । धरानका ८ पुरुष र १ महिला, बराहक्षेत्र र इटहरीका १/१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।