विराटनगर १६ साउन ।
निरन्तर आकाशिएको सुनको मूल्यमा फेरी पनि वृद्धि भएको छ ।
उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यले ऐतिहासिक उचाई छोएको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर ९९ हजार ३ सय कायम भएको छ ।
छापावाला सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज घटेको छ । चादिको मूल्य २५ रुपैँयाले घटेर आज प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।