विराटनगर १४ साउन ।
केही दिनदेखि निरन्तर आकाशिएको सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । उच्च रुपले बढेर नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्यले ऐतिहासिक उचाई छोएको छ ।
आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर ९८ हजार ५ सय कायम भएको छ । छापावाला सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँडै नै सुनको मूल्य प्रतितोला एक लाख नाघ्ने अनुमान गरिएको छ ।
यस्तै निरन्तर उकालो लागेको चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले घटेर एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।