काठमाडौं ११ साउन ।
काठमाडौंका चार जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूको स्वाब परीक्षणका लागी लगीएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय सवारी शाखाका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । देशभरि अहिलेसम्म १२० जना प्रहरीलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये १०० जना निको भएका छन् ।