काठमान्डौ १० साउन ।
नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी सहित तीनजनालाई पार्टीबाट निस्काशन गरेको छ । यस्तै पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पनि कारवाही गरिएको बताइएको छ ।
गएका निर्वाचनताका रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशी , देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोपमा पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई ५ बर्ष र डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ ।
अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको र जवाफ चिक्तबुझ्दो नभएको भन्दै निस्काशन गरेको जनाएको छ ।