विराटनगर १० साउन ।
प्रदेश १ मा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगरका २ महिला, १ पुरुष र पथरीशनिस्चरेका २ पुरुष गरी मोरङका ५ जना, झापा मेचिनगरकी १ महिला, सुनसरी इनरुवाका २ पुरुष, खोटाङ दिक्तेलका १ पुरुष, तेह्रथुम म्याङ्लुङका १ पुरुष गरी जम्मा १० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएकोे छ ।
४४१ को पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ,बाँकी ४३१ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । हालसम्म १३९ महिला र ७५२ पुरुषमा गरी जम्मा ८९१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
जसमध्ये ७३५ जना निको भएर घर फर्किसकेका छन् ।