बिराटनगर ८ साउन ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बी.पी कोइरालाको ३८ औ स्मृति दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
अम्बे मुरारी सेवा केन्द्र बिराटनगरले आज एक कार्यक्रम आयोजना गरी कटहरी ६ मा रहेको जनप्रिय मा.बि मा बृक्षारोपण गरेको छ । केन्द्रले बिभिन्न जातका एकसय बिरुवा रोपी जननायक कोइरालाप्रति श्रद्वा सुमन अर्पण गरेको हो ।
कार्यक्रममा केन्द्रकी संस्थापक भारती उपाध्याय, युवा भण्डारी, चुडा ठकुरी लगायतको उपस्थिती रहेको थियो ।