विराटनगर ८ साउन ।
प्रदेश १ मा बिहीबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङगमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ४८ पुगेको छ ।
यस्तै प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या ७ सय २३ पुगेको छ ।