विराटनगर ८ साउन ।
विराटनगर–२ मा रहेको विराटनगर अस्पताल सील गरिएको छ । विराटनगर महानगरपालिकाले आवतजावत रोक्ने गरि सीलबन्दी गरेको हो ।
सोही अस्पतालका बरिष्ठ एक चिकित्सकको स्वाब परिक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मंगलबार संक्रमण पुष्टि भएका ती चिकित्सक सम्पर्कविहीन रहदाँ करिब ३८ घण्टा महानगरपालिकाका जनस्वास्थ्य टोली र प्रहरीलाई खोज्न समस्या परेको थियो ।
यो घटना सार्वजनिक भए संगै दबावमा परेको अस्पतालले बिहिवार उनको पहिचान खुलाएको थियो । यो घटना संगै महानगरपालिकाले अस्पताललाई डिसइन्फेक्ट गर्ने गरी पूर्णरुपमा सील गरेको विराटनगर महानगरका जनस्वास्थ्य महासाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । विराटनगर महानगरले अस्पताल प्रशासनलाई पटक–पटक ती व्यक्तिको परिचय खुलाउन आग्रह गरेको थियो । उक्त आग्रहलाई अस्पताल प्रशासनले अटेर गरेपछि महानगरपालिका एक्सनमा उत्रेको छ ।