विराटनगर ७ साउन ।
विराटनगरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये १ जना प्रहरी र एक स्थानिय रहेका छन् । संक्रमित नेपाल प्रहरीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) रहेको बुझिएको छ । विराटनगर रानीमा कार्यरत उनी चार दिन अगाडी देखि रुघाखोकीका कारण होम क्वारेन्टाइनमा बसेका थिए । पीसीआर पोजेटिभ देखिएपछि उनलाई कोभिड–१९ अस्पतालमा भर्ना गरिएको छ ।
विराटनगर वडा नम्बर १० र वडा नम्बर ६ का गरि २ जना पुरुषमा कोरोना संक्रमण देखिएको महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख, रमेश कार्कीले जानकारी दिए ।