विराटनगर ३ साउन ।
भारत स्थित बनारसमा नेपाली माथी धार्मिक कारण देखाउदै दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर त्यहाँ रहेका नेपालीमाथि दुर्व्यवहार बढेको छ ।दुर्व्यवहार गर्ने सन्तोष पाण्डेलाई भारतको वाराणसी प्रहरीले पक्राउ गरेको त्यहाँ स्थित एक धार्मिक भक्तले जानकारी दिए ।
ती नेपालीको केस मुण्डन गरेर अपमानजनक भिडियो बनाउने काम भएको थियो । यस घटनामा बिश्व हिन्दु सेनाका मानिसहरु संलग्न रहेको बताइएको छ । नेपालीमाथी भएको चरम दुर्व्यवहारको विषयलाई योगी आदित्यनाथले समेत गलत काम भएको भन्दै तत्काल पक्राउ गर्न आदेश दिएका छन् । हिन्दुत्व संग जोडिएका विषयमा धेरै राजनीति नगर्न समेत आदित्यनाथले आग्रह गरेका छन् ।
यस्तो थियो मुण्डन गरिएको भिडियो :
सामाजिक सन्जालबाट …
https://www.youtube.com/watch?v=hqLgEJ1wC4w