मोरङ २ साउन ।
मोरङ स्थित केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको छ । कार्कीलाई कार्यकक्ष भित्रै छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कार्कीको टाउकोमा गहिरो चोट लागेको छ । उक्त घटनामा संलग्न केराबारी १० का ३२ वर्षीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पटके कर संकलन गर्ने विषयमा भएको विवाद भएको भनिए पनि घटना सुनियोजित भएको बताइएको छ ।
अध्यक्ष कार्की नेपाली कांग्रेसका तर्फबाट टिकट पाएर निर्वाचन जितेका जनप्रतिनिधि हुन् । त्यस ठाउँमा कार्कीमाथी विभिन्न आरोपमा काम गर्न नदिने अबस्था बनिरहेको थियो । नेपाली कांग्रेस मोरङले घटना सुनियोजित भएको र अबिलम्ब अनुसन्धान गरिनुपर्ने बताएको छ । यसै विषयलाई लिएर नेपाली कांग्रेस मोरङको आकस्मिक बैठक बसिरहेको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।