Birat Post बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १ श्रावण ।
जन्मदिनका अवसरमा धेरैजसो मानिसले पारिवारिक मनोरन्जन गर्दछन् । कमैमात्र मानिसले सामाजिक सेवाको काम गर्ने कुरा सोच्दछन् । विराटनगरमा युवा अभियन्ताको छवी बनाएका सविन दाहालले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सेवाको काम गरेका छन् । उनी विराटनगर महानगरका मेयर भीम पराजुलीको सचिवालय सदस्य समेत हुन् ।

दाहालले आफ्नो जन्मदिनको अवसरमा विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न सामाग्री प्रदान गरेका छन् । आश्रममा प्रदेश १ का विभिन्न सडकमा फिरन्ते जीवन विताइरहेकाहरुको उद्दार गरी राखिएको छ ।

बिहिबार एक अनौपचारिक कार्यक्रममार्फत उनले आश्रमलाई खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । लामो समयदेखि समाजसेवामा सक्रिय रहेका उनले नियमित रुपमा यस्ता कार्य गर्दै आएका छन् । कार्यक्रम बोल्दै उनले सबै जनालाई आफ्नो जन्मदिन तथा अन्य विशेष अवसरमा आफुले सकेको सहयोग गर्न आग्रह गरेका छन् । हरेक व्यक्तिले सहयोगको भावना राख्नुपर्ने उनको भनाइ छ ।

मुलुक लकडाउनको अवस्थामा रहेको बेला सबैले एकअर्कालाइ सहयोग गर्नुपर्ने उनले बताए ।

लकडाउनको अवस्थामा उपलब्ध खाद्यान्न सामाग्रीले केहि राहत भएको आश्रम सञ्चालकले बताए । उनले आश्रमलाई सकेको सहयोग गर्न आग्रह समेत गरे ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल